Ads

संसद सचिवालयको सचिवमा राईलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस


काठमाडाैं । प्रतिनिधिसभाको रिक्त सचिव पदमा हर्कराज राई सिफारिस भएका छन् ।

सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राईको नाम सचिवका लागि सिफारिस गरेका हुन् ।

यसअघि सुरेश अधिकारीले राजीनामा दिएपछि उक्त पद रिक्त रहेको रहेको थियो । झापाको झापाको शिवसत्ताक्षी नगरपालिका २ का एमालेनिकट राईलाई सचिवमा सिफारिस गरिएको हो । राई यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको सल्लाहकार थिए।

त्रिभुवन विश्वविद्यालयबाट नेपालको विकास नीति तथा योजनावद्ध विकास विषयमा दर्शनार्चाय , राजनीति शास्त्र र ग्रामिण विकास विषयमा स्नाकोत्तर राई नेकपा एमाले स्थानीय तह विभागको सचिव हुन् ।

Ads

सम्बन्धित पोष्टहरू