काठमाडौँ । बिहीबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख ५१ हजार ५०० मूल्य तोकिएको छ । बुधबार सुन १ लाख ५१ हजारमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलाको १ हजार ७६५ मा कारोबार भएको चाँदीको मूल्य आज २५ रुपैंयाँले बढ्दै १ हजार ७९० मा काराेबार भइरहेकाे महासंले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्