काठमाडौँ, । राष्ट्रिय समाचार समिति (रासस)का प्रधानसम्पादक उत्तम सिल्वाललाई मातृशोक परेको छ ।
उनकी आमा सत्यरुपा सिल्वालको गए राति धादिङको मलेखुस्थित आफ्नै निवासमा निधन भएको हो । उमेरका कारण खाना नरुच्ने समस्या खेपिरहेकी उनी ८७ वर्षीया थिए ।
स्वर्गीय सिल्वालको स्थानीय मलेखु खोला र त्रिशूली नदी दोभानमा केही बेरपछि अन्त्येष्टि हुनेछ । प्रधानसम्पादक सिल्वालसहित उनका चार छोरा र दुई छोरी छन् ।
प्रतिक्रिया दिनुहोस्