Ads

२०८१ पुष २६ गते शुक्रबार, तपाईको दैनिक राशिफल


मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): तार्किक क्षमताले सम्मान दिलाउने समय भएपनि आजको दिन केही चुनौतीयुक्त रहने देखिन्छ । आशा देखाउनेहरूले धोका दिन सक्छन् भने लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ । अवसरवादीहरूले तपाईंका कमजोरीको फाइदा उठाउन सक्छन् ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आजको दिन भेटघाटले काममा बाधा पुऱ्याउन सक्छ । आँटले काम लिन नसक्दा पछि परिएला । स्वास्थ्य सामान्य कमजोर रहे पनि समुदायको हितमा राम्रै काम गर्न सकिने योग छ । सामाजिक उत्तरदायित्व पनि बहन गर्नुहोला । विशेष खालको मेहनतले अवसर जुटाउन सकिनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): नियमित काममा चुनौती आइलाग्न सक्छ तर कीर्तिमानी काम सुरु गर्ने समय छ । विशेष प्रयत्न गर्दा खर्च लागे पनि दिगो फाइदा हुने देखिन्छ । काम र जिम्मेवारी हात पार्ने मौका जुर्ला । धेरैले साथ दिनाले महत्वपूर्ण निर्णय लिन सकिएला । अध्ययन-अध्यापनमा प्रगति हुनेछ । वैरभाव राख्नेहरूले हार खाने योग छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दौडधुप र कार्यमा जोखिम बढ्ने समय छ । आजको दिन अस्वस्थता एवं काम बिग्रने भयले सताउन सक्छ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने अवस्था देखिन्छ । सोखले फजुल खर्च बढाउन सक्छ । आलस्य गर्दा काम बीचैमा रोकिनेतर्फ समयमै सचेत रहनु उचित हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): काममा लगनशील बन्दा दिगो फाइदा उठाउन सकिने समय छ । लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । सुखद समाचारले उत्साह जगाउने योग छ । तर्कशक्ति बढ्नुका साथै रोकिएका काम सम्पादन हुनेछन् । आलोचकहरूलाई जवाफ दिन सकिनेछ । दाम्पत्यसुख बढ्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिनाले समस्या उत्पन्न होला तर कीर्तिमानी काम सुरु गर्ने समय छ । धेरैले साथ दिनेछन् । अप्रत्यासीत रुपमा धनको लाभ पनि हुने देखिन्छ । प्रतिस्पर्धीहरूले समस्या उब्जाउन सक्नेतर्फ सचेत रहनु हितकर होला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आजको दिन विशेष जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ । समय र नियमलाई बेवास्ता नगर्नुहोला । रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले पछि परिनेछ, सचेत रहनुहोला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): विगतको श्रमबाट सामान्य लाभ भए पनि परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न हुनसक्ने दिन छ । आफ्नै कमजोरीले अवसर गुम्न सक्छ । तथापि, रोकिएका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका जुर्ला । बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन हुने योग छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): ब्यस्तता बढ्नेछ । विगतका कमी-कमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुने समय छ । अवरोधका बीच समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व वहन गर्न सकिएल । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ । सोचेको काम बन्नुका साथै विभिन्न अवसर प्राप्त हुनेछन् । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । आफूभन्दा कमजोरहरूसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): कार्यक्षेत्रमा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । आज केही समस्या देखिए पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । काममा अनायासै प्रतिस्पर्धी देखापर्नाले प्रतिष्ठा र अधिकारका लागि संघर्षमा उत्रनुपर्ने योग छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): गरेका कामबाट राम्रै लाभ मिल्ने समय छ । सोख पूर्तिका लागि खर्च भने बढ्न सक्छ । साँझदेखि सानातिना समस्यामा अल्झनुपर्ने स्थिति आउला । रोकिएका काममा दोहोऱ्याएर प्रयत्न गर्नु हितकर हुनेछ । आर्थिक पक्ष सबल रहने देखिन्छ ।

Ads

सम्बन्धित पोष्टहरू