Ads

२०८१ पुष २७ गते शनिबार, तपाईको दैनिक राशिफल


मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): विछोडिएका परिवारजनसँग भेटघाट हुने समय छ तापनि हठ गर्ने प्रवृत्तिले दुःख पाइनेछ । आज जागिरमा पनि सावधान रहनु उचित होला । लामो यात्राको प्रक्रिया अघि बढ्ने योग छ । विगतका कमी-कमजोरीलाई सुधार गर्ने अवसर जुर्ला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । केही खर्च लागे पनि सोचेको काम बन्ने देखिन्छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने योग छ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): दिगो फाइदा हुने काम सुरु हुन सक्छ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउला । भौतिक साधन जुट्नेछन् तर अवसर आए पनि मौकामा लाभ उठाउन विशेष प्रयत्न गर्नुपर्नेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ । स्वास्थ्यको कमजोरीले नियमित कार्यमा केही बाधा पुग्न सक्छ । आश्वासन दिनले झुक्याउन सक्छन् । सरसापटमा धन खर्च हुने योग छ । अप्रिय समाचारले मन खिन्न तुल्याउन सक्छ, सचेत रहनुहोला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ भने सजिलै काम बन्नाले उत्साह जाग्नेछ । जटिल मानिएको काममा पनि सफलता मिल्ने योग भएकोले उत्साह बढ्नेछ । व्यापारमा विशेष फाइदा उठाउन सकिएला । समयलाई पछ्याउने प्रयत्न गर्नुहोला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): दौडधुप बढ्नेछ । आजको दिन परिस्थिति अलिक प्रतिकूल रहन सक्छ । सहयोगीहरूले काममा साथ दिनेछन्, तर सोचेको लाभ नउठ्न सक्छ । विगतको श्रमबाट भने राम्रै धनलाभ हुने देखिन्छ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका जुर्ला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): मनको डर उत्साहमा रूपान्तरित हुने समय छ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । रमाइलो यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । तर सोखले खर्च बढाउने र लेनदेनको विवादले अप्ठ्यारो पार्नसक्ने योग छ । आजको दिन सवारी साधनको प्रयोगमा विशेष सावधानी अपनाउनु उचित हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): अरुको भरपर्दा काममा बाधा पुग्न सक्छ, सजग रहनुहोला । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका मिल्ने योग छ । पढाइलेखाइमा समय दिन नसकिएला । साँझदेखि कामको चापबाट फुर्सद पाइनेछ भने प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुन सक्छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): समय शुभदायी छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै रमाइलो भेटघाट होला । विभिन्न सहयोग र उपहार प्राप्त हुने योग छ । पठनपाठनमा प्रगति हुनेछ । विशेष सभा-समारोहमा सहभागी बन्ने मौका जुर्ला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पारिवारिक आत्मीयता बढ्नेछ । विभिन्न अवसर प्राप्त हुनेछन् । महत्वाकांक्षी योजना फलीभूत हुन सक्छन् ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आजको दिन अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । स्वास्थ्य पनि केही कमजोर नै रहन सक्छ, खानपानमा ध्यान दिनु उचित हुनेछ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ तर पतिपत्नीबीच सल्लाह नमिल्न सक्छ ।

Ads

सम्बन्धित पोष्टहरू