काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा सहभागी पार्टीका मन्त्रीरूलाई छलफलमा बोलाएका छन् ।
सरकारमा सहभागी मन्त्रीहरूलाई देउवाले मंगलबार बिहान आफ्नै निवास बूढानीलकण्ठमा बोलाएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । छलफल बिहीबार बिहान ९ बजे हुनेछ ।
मन्त्रीसँगै संसदीय दल कार्यसमितिसँग पनि उनले संयुक्त छलफल गर्ने उनले बताए । ‘सरकारमा सहभागी भएका कांग्रेसका मन्त्रीलाई सभापतिले छलफलका लागि बोलाउनुभएको छ’ भानुले भने, ‘मन्त्रीसँगै संसदीय दल कार्यसमितिसँग संयुक्त छलफल हुनेछ ।’
देउवाले सरकारका कामलाई प्रभावकारी बनाउन यसअघि पनि निवासमा बोलाएर मन्त्रीहरूसँग छलफल गरेका थिए ।
दुई ठूला दलको संयुक्त सरकारले प्रभावकारी नतिजा नदिएको भन्दै सरकारमाथि दबाब पर्दै आएको छ । सरकारमा कांग्रेसका तर्फबाट गृह, परराष्ट्र, शहरी विकास, स्वास्थ्य र ऊर्जासहित १० मन्त्री र दुई राज्यमन्त्री सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस्