Ads

खो खो विश्वकपको उपाधिका लागि नेपालका दुवै टोली आयोजक भारतसँग खेल्दै


काठमाडौँ । एेतिहासिक रुपमा खो खो विश्वकपको फाइनलमा पुगेका नेपालका दुवै टोलीले आज उपाधिका लागि आयोजक भारतसँग प्रतिस्पर्धा गर्दै छन्।

भारतमा भइरहेको पहिलो खो खो विश्वकपमा नेपालले एतिहासिक प्रदर्शन गर्दै फाइनलमा स्थान बनाएको थियो। प्रतियोगिता अन्तर्गत महिलातर्फको फाइनल बेलुका ७ बजे सुरु हुँदा पुरुषतर्फको फाइनल खेल राति ८:१५ मा सुरु हुने छ।

दुवै खेल नयाँ दिल्लीस्थित इन्दिरा गान्धी स्पोर्टस कम्प्लेक्सको इन्डोर हलमा हुनेछ । अहिलेसम्म नेपालले कुनै पनि स्पोर्ट्स स्पर्धामा विश्वकपको फाइनल खेल्न लागेको यो पहिलो पटक हो।

महिलातर्फ नेपाल र भारत दुव‌ अपराजित रहँदै फाइनल पुगेका हुन्। पुरूषतर्फ भारत अपराजित रहेर फाईनल पुग्दा नेपालले भने समूहचरणमा भारतसँगै एक खेल हारेको थियो।

प्रतियोगितामा नेपाली महिला टोलीले समूहमा सबै चार खेल जित्दै अपराजित रहेर समूह सी को विजेताको रूपमा क्‍वाटरफाइनलमा प्रवेश गरेको थियो।

नेपालले समूहमा पहिलो खेलमा भुटानलाई ९३-२४ ले, दोस्रो खेलमा जर्मनीलाई ७३-३४ ले, तेस्रो खेलमा श्रीलंकालाई ११०-१० ले र चौथो खेलमा बंगलादेशलाई ८४-२४ ले पराजित गरेको थियो।

प्रतियोगिताको क्‍वाटरफाइनलमा इरानलाई १०३-८ अंकको अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको नेपालले फाइनल प्रवेश भिडन्तमा युगान्डालाई ८९-१८ ले पराजित गरेर उपाधि भिडन्त पक्का गर्‍यो।

यसैगरी पुरुषतर्फ नेपाल समूह ए को उपविजेता बन्दै क्‍वाटरफाइनल पुगेको थियो। पहिलो खेलमा भारतसँग ४२-३७ अन्तरले पराजित भएको नेपालले दोस्रो खेलमा पेरूलाई ८०-३४ ले, तेस्रो खेलमा ब्राजिललाई १३४-८ अन्तरले र चौथो खेलमा भुटानलाई ९८-८ अन्तरले हराएको थियो।

क्‍वाटरफाइनलमा नेपालले बंगलादेशलाई ६७-१८ को अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा पुग्दा फाइनल पुग्ने निर्णायक खेलमा इरानलाई ७२-२० ले पराजित गर्दै भारतसँग उपाधि भेट पक्का गर्‍यो।

Ads

सम्बन्धित पोष्टहरू