Ads

नेप्से परिसूचक ६ दशमलव ७८ अंकले बढ्यो, कारोबार रकम साढे ६ अर्बभन्दा बढी


काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक छ दशमलव ७८ अंकले बढेर दुई हजार छ सय सात दशमलव ९९ को विन्दुमा कायम भएको हो ।

आज तीन सय ११ कम्पनीको एक करोड ३६ लाख ७७ हजार नौ सय ८३ कित्ता सेयर ७४ हजार चार सय तीन पटक खरिदबिक्री हुँदा छ अर्ब ५७ करोड चार लाख ७७ हजार आठ सय ८६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ समूह शून्य दशमलव २०, विकास बैंक शून्य दशमलव ६०, वित्त शून्य दशमलव ५३, जलविद्युत् शून्य दशमलव ०२ र लघुवित्त समूह शून्य दशमलव ०४ प्रतिशतले घटेको छ ।

अरु सबै समूहको उपसूचक बढेको छ । होटल तथा पर्यटन शून्य दशमलव १२, लगानी शून्य दशमलव ६०, जीवन बीमा शून्य दशमलव ०४, उत्पादन तथा प्रशोधन एक दशमलव ६८, म्युचुअल फन्ड शून्य दशमलव ०९, निर्जीवन बीमा शून्य दशमलव २३, व्यापार एक दशमलव ०६ र अन्य समूह दुई दशमलव १३ प्रतिशतले बढेको छ ।

Ads

सम्बन्धित पोष्टहरू