मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )प्रियजनहरूको सानिध्यले दिन रमाइलो रहनेछ। प्रशासनिक सहयोगले कुनै विशिष्ट कार्य सम्पादन गर्नमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। जीवनसाथीबाट उपहार मिल्न सक्ला।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। छरछिमेकीहरुको सहयोग मिल्नेछ। पेट सम्बन्धी समस्याले सताउनेछ। अरूको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। आर्थिक पक्ष सामान्य रहनेछ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )कार्यक्षेत्रमा विरोधी तत्वहरू सक्रिय रहनेछन्। व्यापार व्यवसायमा भावनामा आएर कुनै निर्णय नलिनुहोला। धैर्यता वा साहसले नयाँ कार्यहरू बन्नेछन् ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )उद्योग व्यापारमा लाभ रहनेछ। घरपरिवारमा पुरानो कुरालाई लिएर मनमुटाव रहनेछ। श्रमको उपयुक्त मूल्यांकन मिल्नेछ। नयाँ कार्य सुरु गर्ने समय रहेको छ। सरकारी नोकरीमा पदको दुरुपयोग नगर्नुहोला।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )कार्यक्षेत्रमा उच्च अधिकारीहरूसँग राम्रो सम्बन्ध रहनेछ। समाजमा तपाईंको कार्यको चर्चा हुनेछ। धार्मिक कार्यक्रममा मन लाग्नेछ। आयआर्जन राम्रो रहनेछ। व्यापार व्यवसायमा परिस्थिति हेरेर निर्णय लिनुहोला।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )घरपरिवारमा आफन्तहरूको साथमा मनोरञ्जनात्मक समय बित्नेछ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। शिक्षाको क्षेत्रमा विद्यार्थीहरूलाई गुरुजनको राम्रो सहयोग मिल्नेछ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )प्रतिष्ठित कार्य प्रारम्भ गर्ने मौका मिल्नेछ। कार्यक्षेत्रमा आत्मबल र धैर्य बढ्नेछ। कानुनी मामिलाहरूमा सफलता मिल्नेछ। व्यक्तिगत जीवनमा चुनौती आउन सक्ला। व्यापार व्यवसायमा हतारमा निर्णय नलिनुहोला।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )कार्यक्षेत्रमा लगनशीलताको कमीले कार्यमा बाधा आउनेछ। कुनै नयाँ काम गर्दा मन आत्तिन सक्ला,निडर वा आत्मविश्वासको साथमा आफूलाई प्रस्तुत गर्ने प्रयास गर्नुहोला। नोकरी वा पेशामा नयाँ इष्टमित्रहरूको सहायता मिल्नेछ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )मनोबल उच्च रहनेछ। आर्थिक पक्ष सुदृढ रहनेछ। शुभचिन्तकहरूको सहयोगले नयाँ कार्य प्रारम्भ गर्नमा सफलता मिल्नेछ। आयस्रोत बढाउनको लागि नयाँ विचारहरू उत्पन्न हुनेछन्।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )आजको दिन हजुरलाई उत्तम रहनेछ। परिवारको साथमा नयाँ स्थानमा भ्रमणका योग छन्। शत्रुपक्ष कमजोर भएपनि सक्रिय रहनेछन् सावधान रहनुहोला। व्यापार व्यवसायमा लाभ रहनेछ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )एकाग्रताको साथमा मेहनत गर्नुभयो भने परिणाम अवश्य राम्रो आउनेछ। रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि पौष्टिक भोजनको सेवन गर्नुहोस्। विद्यार्थीहरूलाई अध्ययनमा सफलता मिल्नेछ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )आज आफ्नो स्वास्थ्यलाई विशेष ध्यान दिनुहोला। मन अशान्त तथा कार्यक्षेत्रमा अनुमानित भन्दा धेरै समय लाग्नेछ। कसैसँग झुठो बाचा नगरौँ। आकस्मिक धन हानिका योग छन्।
प्रतिक्रिया दिनुहोस्