मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही चिसेपन आउला । तथापि, मित्रजन नजिकिनेछन् । खर्च केही बढेपनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । आश्वासन दिएर झुक्याउनेहरूबाट जोगिनका लागि आँखा चिम्लेर विश्वास गर्ने बानी हटाउनु पर्नेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन् । विशेष सभा–समारोहमा भाग लिने मौका जुर्ला । मानसम्मान पनि पाइने योग छ । तर, आजको दिन नयाँ कामको सुरुवात खासै राम्रो नहोला । नियमित कार्यमा पनि हैरानी बढ्न सक्छ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): व्यस्तता वृद्धिका साथै सानातिना समस्या आइरहे पनि दिन उत्साहपूर्ण नै रहनेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । पढाइलेखाइमा सुधार हुने समय छ । मनोरञ्जनपूर्ण क्रियाकलापमा आकर्षण रहला । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दिन सामान्य नै छ । सरसफाइ, वागबगैंचा सम्बन्धी काममा आकर्षित होइएला । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । स्वास्थ्य सबल रहला । साथीभाइको सहयोग प्राप्तिले सुख बढ्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): पीडा दिनेहरु सक्रिय रहनसक्ने समय छ, सावधान रहनुहोला । आज केही महत्वपूर्ण कामको अवसर पनि फुत्कने सम्भावना छ, यसप्रति सचेत रही व्यवहार गरे उपलब्धि मिल्नसक्ने देखिन्छ । व्यापार–व्यवसायमा भने राम्रै फाइदा हुने योग छ । रसरागको कार्यक्रममा आकर्षण बढ्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): प्रतिभा देखाएर अवसर हातपार्न सकिने समय छ । लगनशीलताले राम्रै उपलब्धि दिलाउला । घर बसेरै विभिन्न काम सम्पादन गर्न सकिएला । चुनौतीहरू पन्साउँदै रोकिएका काम बनाउन सकिनेछ । सफलताका लागि धैर्यले काम लिने प्रयास गर्नुहोला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): श्रमको उचित मूल्यांकन हुने समय छ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् भने कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ । प्राकृतिक पर्यावरणमा रमाउन सकिनेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन मिश्रित फलदायी रहला । विशेष प्रयत्नका बाबजुद सफलता भने मध्यम स्तरमा मात्र हातपर्ला । व्यवसायका लागि यात्राको सम्भावना छ । दाम्पत्यजीवन सुखद रहनेछ । धनलाभको योग छ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता रहनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्ने समय छ । आजको दिन स्वास्थ्य केही कमजोर रहनसक्छ, खानपानमा सचेत रहनु हितकर होला । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । खर्च पनि केही वृद्धि होला । छरछिमेकमा केही असमझदारी बढ्ने योग छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । उत्साहजनक समाचारले हर्ष बढाउला । चिताएको कुनै महत्वपूर्ण काम भने अधुरै रहने देखिन्छ । कृषि तथा पशुपालन व्यवसायमा खर्च बढ्नेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य वृद्धि होला । नियमकानूनले साथ दिनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): दौडधुप केही बढेपनि दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्नेछ भने नयाँ शिप तथा ज्ञान प्राप्त हुने योग छ । पढाइलेखाइमा प्रगति होला ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): विभिन्न अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ । आर्थिक लाभ होला । चिताएको काम बन्ने देखिन्छ । साझेदारीको काम बन्नेछ । दाम्पत्यसुख बढ्नेछ । शत्रुपक्ष परास्त हुनेछ ।
प्रतिक्रिया दिनुहोस्