Ads

पूर्वप्रधानमन्त्री खनालद्वारा दुःख व्यक्त


काठमाडौँ,। नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीका पूर्वस्थायी कमिटी सदस्य रामजीप्रसाद शर्माको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

उनले एक विज्ञप्ति जारी गरेर पार्टीका तत्कालीन स्थायी कमिटी सदस्य, गण्डकी प्रदेश कमिटीका अध्यक्ष तथा बागलुङ जिल्लाका वामपन्थी आन्दोलनका संस्थापक नेता कमरेड रामजीप्रसाद शर्माको भारतको नयाँ दिल्लीमा उपचारका क्रममा अचानक दुःखद् निधन भएको खबरले आफूलाई मर्माहत बनाएको उल्लेख गरे ।

“रामजीशर्मा नेपाली कम्युनिष्ट आन्दोलनको एउटा अथक र सृर्जनशील नेता हो । उनले आफू वर्ग सचेत भएको बेलादेखि नै देश, जनता, राष्ट्र, क्रान्ति, जनवाद र समाजवादका निम्ति निरन्तर काम गर्दै आउनुभएको थियो । उनले कम्युनिष्ट आन्दोलन, जनवादी आन्दोलन, देशभक्तिपूर्ण आन्दोलन र समाजवादी आन्दोलनलाई नेपालमा अघि बढाउन कठिन र कठोर प्रयत्न गर्दै आएको थिए। उनले नेपाल कम्युनिष्ट पार्टी ९माले०, ९एमाले०, नेकपा र ९एकीकृत समाजवादी० पार्टी निर्माणमा निरन्तर योगदान गर्दै आएको थियो”, विज्ञप्तिमा भनिएको छ ।

शोकको घडीमा दिवङ्गत शर्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उनले सम्पूर्ण शोकाकूल परिवारजन तथा आफन्तमा समवेदना प्रकट गरेका छन्।

Ads

सम्बन्धित पोष्टहरू