काठमाडाैं । सरकारले अध्यादेश फास्ट ट्रयाकमा पारित गर्ने निर्णय गरेको छ।
मंगलबारको मन्त्रिपरिषद् बैठकले हालै जारी भएका अध्यादेश फास्ट ट्रयाकमा पारित गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
सरकारले सुशासन प्रवर्द्धन र अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न अध्यादेश ल्याएको उनको भनाइ छ ।
‘सुशासन प्रवर्द्धन गर्नका लागि र अर्थतन्त्रमा देखा परेका समस्या समाधान गर्नका लागि अध्यादेश ल्याइएको हो,’बैठकपछि सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले भने, ‘संसद्मा दर्ता भइसकेको छ। छलफलपछि पारित हुन्छ।’
विपक्षीले भने जस्तो संसद् छल्ने बदनियत सरकारको नभएको उनले बताए ।
सरकारले संवैधानिक अधिकारको प्रयोग गरेर नै अध्यादेश ल्याएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्