Ads

२०८१ माघ १६ गते बुधबार, तपाईको दैनिक राशिफल


मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक अभावले सताउने समय छ । तथापि, शुभचिन्तकहरूले साथ दिनाले चुनौतीहरू पन्छाएर परिस्थिति अनुकूल बनाउन सकिनेछ । स्वास्थ्यमा केही समस्या आउन सक्छ, सावधान रहनु हितकर होला । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ने योग छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुऱ्याउने समय छ । प्रयत्न गर्दा नयाँ नोकरी प्राप्त हुनेछ भने नोकरीतर्फ हुनेहरूका लागि पदोन्नतिको योग छ । स्थायी सम्पत्तिमा केही विवाद आउने देखिन्छ । आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुट्नेछन् ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): मंगलमय कर्म सम्पादन तथा सामाजिक दायित्ववहनमा दिन गुज्रनेछ । बौद्धिक पक्षमा लाभ मिल्ने देखिन्छ । खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइएला, सचेत रही व्यवहार गर्नु उचित हुनेछ । आजको दिन सवारीसाधन एवम् हातहतियारको प्रयोग विशेष सावधानीसाथ गर्नुहोला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): केही चुनौतीयुक्त समय छ । आजको दिन घर-जग्गा तथा सम्पतिसम्बन्धी विषयमा विवाद पर्नसक्ने योग रहेकोले यस्ता मामलामा सचेत रही व्यवहार गर्नु उचित होला । मातृ-स्वास्थ्यमा समस्या आउने देखिन्छ, विशेष सतर्क रहनुहोला । काममा अनायासै बाधा वा हस्तक्षेप हुने सम्भावना देखिन्छ । आर्थिक अभावले पनि सताउन सक्छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): परोपकारका कार्य गरिने एवम् व्यापार व्यवसायमा पनि सामान्य प्रगति हुने समय छ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्न सक्छ । इगो प्रदर्शन गर्दा हातमा आएको अवसर गुम्न सक्ने योग छ, संयमतापूर्वक व्यवहार गर्नुहोला । स्वास्थ्य केही कमजोर रहन सक्छ, जसकारण प्राप्त भएको अवसरसमेत गुम्न सक्छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): काममा सहयोगीले साथ दिनेछन् भने विभिन्न अवसरले पछ्याउने देखिन्छ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । नयाँ उद्योग-धन्दाको थालनी गर्न सकिने समय छ । विद्यार्थी वर्गको लागि विशेष प्रगति होला । तथापि, आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्ने देखिन्छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्ने समय छ । सहयोगीको राम्रो साथ मिल्ला । शिक्षा र साझेदारीमा फाइदा हुनेछ, तर घरमा सामान्य मनमुटाव हुने देखिन्छ । तपाईंको काममा अरूले अधिकार जमाउने चेष्टा गर्नसक्छन् ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): परिस्थितिलाई पछ्याउन नसक्दा अलि पछि परिने समय छ । आयआर्जनमा कमी आउने तथा घरखर्च बढ्ने देखिन्छ । अनावश्यक खर्च र ऋणभार बढ्ने योग रहेकोले सावधान रही व्यवहार गर्नुहोला । स्वास्थ्यसम्बन्धी समस्याले केहीमात्रामा सताउन सक्छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): मेहनत गर्दा राम्रै उपलब्धि हातलागी हुने समय छ । नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ । दाम्पत्य सम्बन्ध सुमधुर रहला । नोकरीमा पदोन्नति, व्यापार-व्यवसायमा फाइदा हुने योग छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्ने समय छ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । दाम्पत्य सम्बन्ध प्रगाढ हुनेछ भने सन्तानपक्षबाट प्रशन्नता मिल्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): रोकिएका काम बन्नुका साथै बिस्तारै नयाँ काम सुरु हुनेछन् । धनधान्य लाभ, कृषिकर्म तथा पशु व्यवसायबाट प्रशस्त फाइदा हुने देखिन्छ । स्थायी सम्पत्ति आर्जन गर्ने समय छ । साझेदारीमा विवाद र कृषि तथा पशुपालनमा सामान्य लाभ मिल्ने योग छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): निजी व्यवसाय र कृषिकर्ममा परिश्रम र लगानीको तुलनामा न्यून उपलब्धि हासिल हुने समय भएपनि आजको दिन विपरीतलिंगीप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धन कसिन सक्छ । सरोकार नभएका विषयमा रुचि राख्नाले दुःख पाइएला ।

Ads

सम्बन्धित पोष्टहरू