Ads

सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने निर्णय


काठमाडाैं । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठक सकिएको छ।

बिहीबार बिहान सिंहदरबारमा बसेको बैठकमा संसद्को हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल र निर्णय भएको नेकपा (माओवादी केन्द्र)का नेता हितराज पाण्डेले जानकारी दिए ।

उनका अनुसार बैठकले जनताको सरोकारका विषय संसद्‌मा एकमतका साथ उठाउने निर्णय गरेको छ ।

यसैगरी सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय बैठकले गरेको पाण्डेले जानकारी दिए ।

संसद् अधिवेशन शुरू हुने बेला सरकारले गलत नियत राखेर अध्यादेश ल्याएको बैठकले निष्कर्ष निकालेको उनले बताए । भोलि नै अध्यादेश संसद्मा पेश गर्ने सरकारको तयारी छ ।

Ads

सम्बन्धित पोष्टहरू