Ads

एकैदिन २३ सयले बढ्यो सुनको मूल्य


काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २३ सय रुपैयाँले वृद्धि भएको हो।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि बिहिबार प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। हिजो तोलाको १ हजार ८८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले बढेर प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ।

Ads

सम्बन्धित पोष्टहरू