Ads

२०८१ माघ २० गते आइतवार, तपाईको दैनिक राशिफल


मेष ( चुचेचोलालिलुलेलोअ )कार्यक्षेत्रमा आफ्नो जिम्मेवारी स्वयं बहन गर्नुहोला। व्यापार व्यवसायमा अरुलाई सल्लाह दिनुभन्दा अरुको कुरा सुन्न आज उपयुक्त रहनेछ। घरको सजावटमा धन खर्च हुनेछ।

वृष ( इवाविवुवेवो )पारिवारिक सम्बन्धहरूलाई राम्रो बनाउने कोसिस गर्नुहोला। युवा वर्गहरूलाई रचनात्मक कार्यमा चासो लाग्नेछ। शुभचिन्तकहरूबाट प्रशंसा पाइएला ।

 मिथुन ( काकिकुकेकोहा )आर्थिक कारोबार स्थिर र अनुकूल रहनेछ। योजनाहरू समय अनुसार पूरा हुनेछन्। विद्यार्थी वर्गहरूलाई आफ्नो करियरलाई लिएर चिन्ता रहनेछ।

 कर्कट ( हिहुहेहोडाडिडुडेडो )धनसम्पत्तिको मामिलाहरू सुल्झ्याउनमा नआत्तिनुहोस्। आफन्तसँग रमाइलो भेटघाट वा आनन्दको समय बित्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ।

 सिंह ( मामिमुमेमोटाटिटुटे )पुरानो लेनदेनबाट छुट्कारा मिल्नेछ। नोकरी वा पेशामा सरुवा हुने भय रहनेछ। नयाँ कार्यको सुरुवात मन अशान्तिको कारण बन्नेछ। श्रमको उचित मूल्यांकन नमिल्ला।

 कन्या ( टोपापिपुपेपो )कार्यक्षेत्रमा सहकर्मीहरुसँग चलिरहेको मनमुटाव सुल्झिनेछ। मिलिरहेको अवसरबाट पूरा लाभ लिने प्रयास गर्नुहोस्। यात्रा सुखद रहनेछ। कृषि वा पशुपालनबाट लाभ आर्जन गर्न सकिनेछ।

 तुला ( रारिरुरेरोतातितुते )सकारात्मक रहने प्रयास गर्नुहोला। विद्यार्थीहरूको विचारहरूमा परिवर्तन आउनेछ। नयाँ वाहन वा जग्गा जमिन किन्ने योजनाहरूमा मातापिताको सल्लाह अवश्य लिनुहोला।

 वृश्चिक ( तोनानिनुनेनोयायियु )अँनलाइन किनमेलमा धोखा मिल्न सक्ला सावधान रहनुहोस्। सम्पर्क क्षेत्र बढ्नाले दिगो फाइदा हुनेछ। विद्यार्थी वर्गहरूको मनोरञ्जनात्मक समय बित्नेछ।

धनु ( येयोभाभिभुधाफाढाभे )मान सम्मानमा वृद्धि हुनेछ। आर्थिक कारोबारमा विस्तार हुनेछ। अविवाहितहरूलाई विवाहको कुरो चल्नेछ। सम्मानित व्यक्तिसँगको भेटघाटले मन आनन्दित रहनेछ।

 मकर ( भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि )कार्यक्षेत्रमा अनुभवी व्यक्तिहरूको साथ मिल्नेछ। नयाँ कार्यको सुरुवात हुन सक्ला। व्यापार व्यवसायमा प्रलोभनमा आएर कुनै निर्णय नलिनुहोला। अप्ठ्यारो समस्या निम्ताउनु पर्ला।

 कुम्भ ( गुगेगोसासिसुसेसोदा )व्यापार व्यवसायलाई लिएर गरिएको यात्राबाट लाभ मिल्नेछ। परिवारको सुख समृद्धिमा वृद्धि हुनेछ। शत्रुहरू पराजित रहनेछन्।

 मीन ( दिदुदेदोचा, चि )लक्ष्य प्राप्तिको लागि संघर्ष गर्नुपर्नेछ। पारिवारिक सम्बन्धमा चलिरहेको मनमुटाव सुल्झिनेछ। सामाजिक जीवनमा लोकप्रियता बढ्नेछ।

 

Ads

सम्बन्धित पोष्टहरू