Ads

मोन्टी देसाईको बिदाइ नोट- फ्यानदेखी क्यानसम्मलाई गरे यस्तो सम्बोधन


काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टीमका प्रशिक्षक मोन्टी देशाईलाई नेपाल क्रिकेट संघ (क्यान)ले निरन्तरता नदिने भएको छ ।

क्यानले शनिबार एक् विज्ञप्तिमार्फत उनको सम्झौता नवीकरण नहुने जनाएको हो । उनको २ वर्षे सम्झौता फेब्रुअरीबाट सकिएसँगै नवीकरण नगरिएको हो ।
क्यानले उनलाई आगामी यात्राको लागि सफलताको शुभकामना समेत दिएको छ ।

बिदा हुँदै गर्दा देसाईले सामाजिक सञ्जालमार्फत नेपाली क्रिकेटप्रति आफ्ना भावनाहरू पोखेका छन् । नेपाललाई आफ्नो ‘घरबाहिरको घर’ भन्दै उनले आफूलाई दिइएको जिम्मेवारीप्रति आभार प्रकट गरेका छन् ।

फेसबुकमा स्टाटस लेख्दै देसाइले क्यान, खेलाडी, फ्यान सबैलाई धन्यवाद दिएका हुन् ।
देसाइले लेखेका छन्, ‘यी दुई वर्ष मेरोलागि अविस्मरणीय रह्यो, जुन मनमोहक पलहरू र साझा कोशेढुंगाले भरिएको छ ।’

प्यारो नेपाल

यो एउटा गुड बाइ होइन, हार्दिक धन्यवाद हो ।

१० जनवरी २०२३ मा मैले नेपाली क्रिकेटमा दिगो प्रभाव पार्ने आशामा उत्साह र उद्देश्यका साथ अज्ञातमा कदम चाल्दै नेपाल क्रिकेट एसोसिएसनसँगको अवसरलाई अँगालेँ ।

यी दुई वर्ष अविस्मरणीय रहे, जुन मनमोहक पलहरू र साझा कोशेढुंगाले भरिएको छ । टियू मैदानमा भएको एसिया कप छनोट, जहाँ फ्यानहरू कोही रुखमा चढेर त कोही छाता लिएर उभिएका थिए, र मुलपानीमा भएको विश्वकप छनोट जहाँ थामिनसक्नु भिड थियो, ले नेपालको जोश र लगावलाई प्रतिबिम्बित गर्थ्यो ।

यो यात्रामा आरोह अवरोहहरू थिए, र म क्यान व्यवस्थापन, छनोटकर्ता, खेलाडी, प्रशिक्षक, अफिसियल, स्कोरर, ग्राउन्ड्समेन, क्यामरामेन, कमेन्टेटर र मेरो कप्तान रोहित पौडेलसँग मिलेर सानो भूमिका निभाउन पाएकोमा आभारी छु । प्रत्येकले आफ्नो तर्फबाट योगदान दिए र हामीले निर्माण गरेको सौहार्दतालाई म गहिरो मूल्यांकन गर्छु ।

खेलाडीहरूका लागि

तिमीहरूले लाखौँको सपनाहरू बोकेका छौँ । मैदानमा अविचलित रहनु, एक–एक बल खेल्ने मानसिकता बनाउनु र बाउन्ड्रीहरु निकालिराख्नु । सम्बन्ध, खुलापन, एकता र उत्तरदायित्वमा निर्मित ‘हेप्पि ड्रेसिङ रुम’ को आदर्श सधैँ तिमीहरूको शक्ति हुने छ ।

सपोर्ट स्टाफहरूका लागि

पर्दा पछाडि तपाईँहरूको अथक प्रयास अमूल्य छ । मेरो चाहना हामीलाई उत्कृष्टतातर्फ धकेल्ने मात्र थियो । मेरो साथमा उभिनुभएकोमा धन्यवाद ।

फ्यानहरूलाई

तपाईँहरूको अटल समर्थन हाम्रो सबैभन्दा ठूलो शक्ति भएको छ । यो टोलीमा विश्वास राख्नुस् ।

क्यान म्यानेजमेन्टलाई

मलाई नेतृत्वको अवसर दिनुभएकोमा धन्यवाद । आधारशिला खडा भएको छ । एकताबद्ध रहनुस् र नेपाललाई गौरवान्वित राख्नुस् ।

नेपाली जनतालाई

नेपाल मेरो लागि घरभन्दा बाहिरको घर हो । यहाँ क्रिकेट कुनै खेलभन्दा बढी छ, यो एउटा भावना हो, जसले देशलाई एकजुट बनाउँछ ।
जय नेपाल

Ads

सम्बन्धित पोष्टहरू