Ads

एकैदिन ७० अंकले बढ्यो नेप्से


काठमाडौँ । आइतबार सेयर बजार परिसूचक (नेप्से) ७० अंकले बढेको छ । २६६२ बिन्दुबाट सुरु भएको बजार ठुलो अंकले बढ्दा परिसूचक २७२७ बिन्दुमा उक्लिएको हो ।

आज नेप्सेको कारोबार रकम पनि उल्लेख्य रूपमा बढेको छ । ३३० कम्पनीको २ करोड ४८ लाख ४८ हजार कित्ता सेयर खरिदबिक्री हुँदा १२ अर्ब ९५ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ ।

आइतबार कारोबार भएकामध्ये २०२ कम्पनीको मूल्य बढ्यो । ७ वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सामुदायिक लघुवित्तको सेयर मूल्यमा भने नकारात्मक सर्किट लाग्यो ।

आज नेप्सेका सबै उपसमूहको सूचक बढेको छ । यसमध्ये लघुवित्त उपसमूह ४.९२, निर्जीवन बिमा ३.७१, लगानी ३.३८, विकास बैंक ३.१५ प्रतिशतले बढ्यो ।

Ads

सम्बन्धित पोष्टहरू