Ads

२०८१ माघ २१ गते सोमवार, तपाईको दैनिक राशिफल


मेष ( चुचेचोलालिलुलेलोअ )पारिवारिक योजनाहरूबाट लाभ मिल्ने आशा रहेक‍ो छ। राजकीय मामिलाहरु सुल्झिने छन्। भावनात्मक सम्बन्धमा चलिरहेको मनमुटाव सुल्झिनेछ। यात्रा सुखदाई रहनेछ।

वृष ( इवाविवुवेवो )नयाँ कार्यको थालनीको लागि समय उपयुक्त रहेको छ। व्यर्थको वादविवादले परिवारमा असन्तोषको भावना जागृत हुनेछ। थोरै संघर्षले पनि राम्रो प्रतिफलको प्राप्ति हुनेछ।

 मिथुन ( काकिकुकेकोहा )सुख सुविधामा धन खर्चका योग छन्। कठिन समयमा मित्रलाई सहयोग गरेर खुसी मिल्नेछ। सम्पत्तिलाई लिएर वादविवाद हुन सक्ला। न्यायिक मामिलाहरूमा सफलता मिल्नेछ।

 कर्कट ( हिहुहेहोडाडिडुडेडो )नयाँ कार्य प्रारम्भ गर्नुभन्दा अघि घरपरिवारमा सल्लाह अवश्य लिनुहोस्। सवारी साधनमा आकस्मिक धन खर्चका योग छन्। आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ।

 सिंह ( मामिमुमेमोटाटिटुटे )छिटो सफलताको लागि कानुन विपरीत कार्य नगर्नुहोला। कार्यको सुरुवातीमा आत्मविश्वासी बन्नुहोस्। अगाडि गरेका कार्यहरूबाट लाभ प्राप्त होला।

 कन्या ( टोपापिपुपेपो )लेखन वा सामाजिक सञ्जालको कार्य बाट लाभ मिल्नेछ। व्यापार व्यवसायमा जीवनसाथीको सहयोग मिल्नेछ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ।

 तुला ( रारिरुरेरोतातितुते )आफन्तहरूको साथमा चलिरहेको वादविवाद सुल्झिनेछ। समाजमा नयाँ जिम्मेवारी मिल्नेछ। कलाको क्षेत्रमा विशेष सफलता प्राप्त होला। अरुलाई सल्लाह दिनदेखि बच्नुहोस्।

 वृश्चिक ( तोनानिनुनेनोयायियु )साझेदारी व्यापारमा नयाँ योजनाको सुरुवात गर्न सक्नुहुनेछ। आफ्नो कुरालाई खुलेर राख्ने प्रयास गर्नुहोस्। कार्यक्षेत्रमा सहकर्मीहरूबाट सोचेजस्तो सहायता नमिल्ला।

धनु ( येयोभाभिभुधाफाढाभे )कार्यक्षेत्रमा रुचिगत कार्यमा मन लाग्नेछ। नोकरी वा पेशामा उच्च अधिकारीहरूसँग मनमुटाव हुन सक्ला। महत्वपूर्ण योजनाहरू हातबाट निस्किन सक्ला सावधान रहनुहोला।

 मकर ( भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि )सोचेभन्दा राम्रो सफलता हात लाग्नाले उत्साहित हुनुहुनेछ। सुख सुविधामा धन खर्च हुनेछ। कारोबार विस्तारको लागि दीर्घकालीन योजना बन्नेछ।

 कुम्भ ( गुगेगोसासिसुसेसोदा )नकरात्मक मानसिकताले विपरीत प्रभाव पर्नेछ। अरुको लागि श्रम र धन खर्च गर्नुपर्ला। उद्योग र व्यापारमा सोचविचार गरेर लगानी लगाउनुहोस्। आफन्तहरूबाट धोखा मिल्न सक्छ।

 मीन ( दिदुदेदोचा, चि )व्यापार व्यवसाय आफ्नो बुद्धि र विवेकको प्रयोग गरेर अगाडि बढ्नुहोस्। युवाहरूको लागि करियर बनाउन नयाँ अवसर मिल्नेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ।

 

Ads

सम्बन्धित पोष्टहरू