Ads

२०८१ माघ २२ गते मंगलवार, तपाईको दैनिक राशिफल


मेष ( चुचेचोलालिलुलेलोअ )आजको दिन बोली र व्यवहारमा सतर्कता अपनाउनुपर्ने हुन्छ। कुनै कुरामा अनपेक्षित खर्च हुनेछ। अरुलाई सल्लाह दिनदेखि बच्नुहोला। यात्रा अलि कष्टदायक रहला।

वृष ( इवाविवुवेवो )व्यापार व्यवसायमा लाभ रहनेछ। शेयर बजारबाट मनग्य लाभ प्राप्त गर्न सकिएला। मेला वा कुनै जमघटमा रमाइलो समय बित्नेछ। बनाइएका योजनाहरूमा सफलता मिल्नेछ।

 मिथुन ( काकिकुकेकोहा )व्यापार विस्तारको लागि नयाँ विचारहरू आउनेछन्। आर्थिक रूपमा दिन राम्रो रहेको छ। नकारात्मक विचारबाट टाढा रहनुहोस्। महत्वकांक्षी योजनाहरू गोप्य राख्दा फाइदा हुनेछ।

 कर्कट ( हिहुहेहोडाडिडुडेडो )नोकरी वा पेशामा प्रभाव बढ्नेछ। उद्योग व्यापारमा लाभ मिल्नेछ। नयाँ कार्य प्रारम्भ गर्न उपयुक्त समय रहेको छ। धार्मिक यात्राबाट लाभ आर्जन गर्न सकिनेछ।

 सिंह ( मामिमुमेमोटाटिटुटे )साहस र पराक्रमले शत्रुहरू पराजित हुनेछन्। विपरीत परिस्थितिमा पनि इष्टमित्रको राम्रो सहयोग प्राप्त हुनेछ। व्यापार व्यवसायमा धनलाभ रहनेछ।

 कन्या ( टोपापिपुपेपो )आज कार्यक्षेत्रमा उत्साह र उमंगमा वृद्धी हुनेछ। व्यावसायिक जीवनमा सुधार आउनेछ। नोकरी वा पेशामा उच्च पदस्थ अधिकारीहरूको साथ र सहयोग मिल्नेछ।

 तुला ( रारिरुरेरोतातितुते )व्यापार व्यवसायको लागि गरिएको यात्रामा सफलता मिल्नेछ । परिवारलाई समय दिने कोसिस गर्नुहोला। माङ्लिक कार्यको रूपरेखा बन्नेछ। घरको सजावटमा धन खर्चका योग छन्।

 वृश्चिक ( तोनानिनुनेनोयायियु )टाढाका इष्टमित्रहरूसँगको भेटघाटले मन प्रसन्न रहनेछ। चिताएको कार्यसम्पादन गर्नमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा आफन्तहरूको सहयोग मिल्नेछ। धार्मिक कार्य सफल रहनेछ।

धनु ( येयोभाभिभुधाफाढाभे )वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। वैदेशिक कार्यमा उल्झन आउनेछ। सफलताको लागि संघर्ष गर्नुपर्ने रहेको छ। स्वास्थ्यलाई लिएर खानपानमा ध्यान राख्नुहोला।

 मकर ( भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि )परिवारको जमघटको बीचमा घरमा मांगलिक कार्यको चर्चा परिचर्चा हुनेछ। कार्यक्षेत्रमा समय अनुसार प्राथमिकतालाई ध्यान दिएर कार्य गर्नुहोला। व्यापार व्यवसायमा कुनैपनि कुरालाई मनमा नलिनुहोला।

 कुम्भ ( गुगेगोसासिसुसेसोदा )व्यस्तताको कारण कुनैपनि कार्य समयमा सम्पादन हुन गाह्रो छ। कार्यक्षेत्रमा अनुभवको फाइदा मिल्नेछ। नेतृत्व क्षमतामा वृद्धि हुनेछ।

 मीन ( दिदुदेदोचा, चि )रचनात्मक कार्यमा रुचि बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। विद्यार्थीहरूलाई पठनपाठनमा सहायता मिल्नेछ। पायक स्थानमा भ्रमणका योग छन्।

 

Ads

सम्बन्धित पोष्टहरू