जुम्ला, । जुम्लामा प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानेन्द्र शाहीले सुरुआती अग्रता लिएका छन् । जिल्लामा सात सय मतगणना हुँदा राप्रपाका ज्ञानेन्द्र शाहीले चार सय ४२, मत ल्याएका छन् ।
त्यस्तै नेकपा (माओवादी केन्द्र)मा गोमा गौतम कुँवरले एक सय ६०, मत ल्याएकी छन भने नेकपा(एमाले)का रतननाथ योगी ३५ र नेमकिपाका डिल्ली काफ्ले १९ मत प्राप्त गरेको छन् ।
मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौमतका अनुसार राप्रपाका शाही अग्र स्थानमा छन् । प्रदेशसभा र सामानुपातिकतर्फको पनि एकसाथ मतगणना भएको छ ।
प्रतिक्रिया दिनुहोस्