Ads

पूजाको सानदार अर्धशतक, नेपालले दियो नेदरल्याण्ड्सलाई १४६ रनको लक्ष्य


महिला टी–२० त्रिदेशीय सिरिजमा नेपालले नेदरल्याण्ड्सलाई १४६ रनको लक्ष्य दिएको छ ।

बुधबार मध्याह्न त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १४५ रन बनाएको हो ।

नेपालका लागि पूजा महतोले सर्वाधिक अविजित ६२ रन बनाइन् । उनले पाँच चौका प्रहार गरिन् ।

इन्दु बर्माले ३७ बलमा ३९ रन बनाइन् । रुबिना क्षेत्रीले १७ बलमा २० रन बनाइन् ।

यसअघि नेपालले नेदरल्याण्ड्स र थाइल्याण्डसँग दुई दुई खेल हारिसकेको छ ।

आफ्नै भूमिमा भएको सिरिजमा नेपाली महिला टोलीले यसअघि चारमध्ये एउटा खेल पनि जित्न सकेको छैन ।

Ads

सम्बन्धित पोष्टहरू