काठमाडौंमा जारी नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड सम्मिलित महिला टी- २० आई शृङ्खलामा नेपालले लगातार पाँचाैँ हार व्यहोरेको छ ।
आफ्नो पाँचाैँ खेलमा नेपाल नेदरल्यान्ड्ससँग १० विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले दुई बल बाँकी छँदा कुनै पनि विकेट नगुमाई पूरा गर्यो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा चार विकेट गुमाउँदै १ सय ४५ रन जोडेको थियो ।
प्रतिक्रिया दिनुहोस्