Ads

एक हजार ६ सयले बढ्याे सुनकाे मूल्य


काठमाडौँ । सुनको मूल्यमा आज पनि उच्च बृद्धि भएकाे छ । नेपाली बजारमा  सुनको मूल्य आज एक हजार ६ सयले बढेकाे हाे ।

सुन मंगलबार  एक हजार नाै सयले बढेकाे थियाे । यस्तै बुधबार दुई हजार दुई सयले बढेकाे थियाे ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार ५०० कायम भएको छ ।

आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैंयाँले बढेर एक हजार ९ सय ८० मा कारोबार भइरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू