Ads

पछि हट्यो सरकार, अध्यादेश निर्णयार्थ प्रस्तुत नहुने


काठमाडाैं । बिहीबार (आज) को संसद्‌‌ बैठकमा अध्यादेश निर्णयार्थ प्रस्तुत नहुने भएको छ।

समय अभाव भएको भन्दै सरकारले ६ अध्यादेश पेस गर्ने कार्यसूची हटाएको हो।

सत्तारूढ दल नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले नागरिकलाई बताएअनुसार अध्यादेश अर्को बैठकमा टेबुल हुनेछ।

स्रोतले बताएअनुसार राष्ट्रिय सभाको संसदीय अङ्कगणितको सुनिश्चितता नभएपछि सरकार पछि हटेको हो।

राष्ट्रिय सभामा जनता समाजवादी पार्टी, नेपाल निर्णायक छ। उसले अहिलेसम्म ठोस निर्णय दिएको छैन। यसकारण आजको बैठकमा अध्यादेश टेबुल हुने कार्यसूची हटाइएको स्रोतको दाबी छ।

Ads

सम्बन्धित पोष्टहरू