काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ । बिहीबार र शुक्रबार अहिलेसम्मकै सबैभन्दा महँगो मूल्यको रेकर्ड बनाएको अमेरिकी डलरको मूल्य आज घटेको छ।
त्यसैगरि आज युरो, कुबेती र बहराइन दिनारसहितका मुद्रा पनि सस्तिएका छन् । तर, अस्ट्रेलियन डलर, पाउन्ड लगायतका केही विदेशी मुद्राको मूल्य भने बढेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदर अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ५९ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ १९ पैसा छ।
नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। त्यसैगरी आज युरो एकको खरिदर एक सय ४४ रुपैया ९० पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५२ पैसा छ। त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७३ रुपैयाँ ८४ पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ५९ पैसा छ।
आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ७० र बिक्रीदर ८८ रुपैयाँ ०८ पैसा छ। त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ५२ रुपैयाँ २७ पैसा र बिक्रीदर चार सय ५४ रुपैयाँ २२ पैसा छ। त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ७० रुपैयाँ २७ पैसा र बिक्रीदर तीन सय ७१ रुपैयाँ ८६ पैसा छ।
हेर्नुहोस् सबै विदेशी मुद्राको सूची
प्रतिक्रिया दिनुहोस्