काठमाडाैं । पश्चिमी वायुको सामान्य प्रभावका कारण आज केही प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही अन्यत्र मौसम सफा रहने पूर्वानुमान छ।
आज दिउँसो कोशी, मधेश, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिकदेखि साधारणतया बदली रही मौसम सफा रहने पूर्वानुमान छ।
आज राति कोशीको हिमाली भेगका १-२ ठाउँमा हल्का हिमपातको सम्भावना छ। मधेशमा मौसम सफा रहने छ। वागमतीका तीनै भेगमा मौसम सफा रहने पूर्वानुमान छ। गण्डकीको हिमाली भेगमा १-२ ठाउँमा हल्का हिमपातको सम्भावना छ। लुम्बिनीका पहाड र तराई दुवै भेगमा मौसम सफा रहने छ ।
कर्णालीका हिमाल र पहाडमा आंशिक बदली तथा सुदूरपश्चिमका हिमालमा हल्का हिमपात, पहाडमा आंकिश बदली र तराईमा मौसम सफा रहने छ।
प्रतिक्रिया दिनुहोस्