Ads

नेपाल प्रहरीका ७५ इन्स्पेक्टर डीएसपी बढुवामा सिफारिस


काठमाडौं, । नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा गर्न सिफारिस भएका छन् ।

शुक्रबार बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार उनीहरूलाई सोही समूहतर्फको प्रहरी नायव उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्यसचिवसमेत रहेका प्रहरी अतिरिक्त महानिरीक्षक दुर्गा सिंहले जानकारी दिए ।

बढुवा सूचीको पहिलो नम्बरमा सुरेन्द्र प्रसाद जोशीको नाम छ । त्यसैगरी दोस्रोमा मिलन बस्नेत र तेस्रोमा राजकुमार सिंह र त्यसपछि राजन रायमाझीको नाम समावेश छ ।

Ads

सम्बन्धित पोष्टहरू