Ads

चितवनमा बस दुर्घटना, २५ जना घाइते


चितवन । नेपालगन्जबाट काठमाडौं जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज बिहान साढे ४ बजे नारायणगढ–मुग्लिन सडकअन्तर्गत सेतीदोभानमा खस्दा घाइते हुनेको संख्या २५ पुगेको छ ।

सबै घाइतेको उपचार चितवन मेडिकल कलेज (सिएमसी)मा भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए । बसमा सवार २९ जनामध्ये २५ जना घाइते भएको उनले बताए।

अन्य यात्रु सकुशल छन । टायर पन्चर हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले बताएको छ ।

Ads

सम्बन्धित पोष्टहरू