काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट १९ कम्पनीहरूले हालसम्म लाभांश प्रस्ताव गरेका छन् । नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत कम्पनीहरूको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेका हुन् । जसमध्ये अधिकांश कम्पनीहरूले बोनस सेयरभन्दा नगद लाभांशमा जोड दिएका छन् ।
लाभांश घोषणा गर्नेमा ३ वटा वाणिज्य बैंक, पाँच बीमा कम्पनी, एक लघुवित्त संस्था, एक विकास बैंक, ६ सामूहिक लगानी कोष र तीन अन्य कम्पनी छन् ।
नेप्सेमा सूचीकृत २४२ मध्ये १४६ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी छन् भने ५९ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, पाँच होटल, चार व्यापारिक संस्था र तीन अन्य समूहका छन् ।अहिलेसम्म प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक लिमिटेडको लाभांश प्रस्ताव सार्वजनिक भएका छन् । बाँकी बैंकहरूले घोषणा गरे पनि सञ्चालक समितिले निर्णय गरिसकेका छैनन् ।
गरिसकेका छैनन् ।
| कम्पनी | बोनस सेयर | नगद लाभाश |
| प्रभु बैंक | ६.५ | १.५ |
| नेपाल इन्भेष्टमेन्ट बैंक | ४ | ७ |
| मेगा बैंक | ४ | ३.८३ |
| सिद्धार्थ इन्स्योरेन्स | ९.४७ | |
| प्रिमियर इन्स्योरेन्स | ५ | १० |
| युनाईटेड इन्स्योरेन्स | ५ | ०.२६ |
| नेपाल इन्स्योरेन्स | ८ | ०.४२ |
| प्राइम लाइफ इन्स्योरेन्स | १३ | ०.६८ |
| गरिमा विकास बैंक | १३ | १.५ |
| जाल्पा सामुदायिक लघुवित्त | ७३ | ३.८४ |
| एनआइसी एसिया ग्रोथ फन्ड | १३ | |
| एनआइसी एसिया ब्यालेन्स्ड फन्ड | १३ | |
| एनआइसी एसिया डाइनामिक डेप्ट फन्ड | ६ | |
| एनआइबील प्रगति फन्ड | ४.२ | |
| लक्ष्मी इक्विटी फन्ड | ५ | |
| लक्ष्मी उन्नति फन्ड | ५ | |
| बोटलर्स नेपाल (बालाजु) | प्रति कित्ता २० रुपैयाँ | |
| बोटलर्स नेपाल (तराई) | प्रति कित्ता ६० रुपैयाँ | |
| माउन्टेन इनर्जी नेपाल | १०.५२ |
प्रतिक्रिया दिनुहोस्