Ads

माओवादी केन्द्र प्रदेश सम्मेलनः बागमती प्रदेश अध्यक्षमा सरल सहयात्री निर्वाचित


काठमाडौं । नेकपा माओवादी केन्द्रको बागमती प्रदेश कमिटीको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन् । माओवादीले सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि सोमबार निर्वाचन भएको हो । विर्नाचनबाट पौडेलले दिनानाथ गौतमलाई पराजित गरेका हुन् ।

पौडेलले १६२ मत पाएर विजयी भए भने गौतमले ८६ मत पाए ।

त्यस्तै उपाध्यक्षमा १० जनाबीच प्रतिस्पर्धा भएको थियो । जसमा रुपा महर्जन, रामप्रसाद ढुंगाना र प्रेम बहादुर पुलामी विजयी भएका छन् । सचिवमा पनि तीन जनाबीच प्रतिस्पर्धा भएको थियो । इन्द्र बहादुर थिङसचिवमा निर्वाचित भएका छन् । सहसचिवमा ९ जनाबीच प्रतिस्पर्धा भएको थियो । जसमा दलबहादुर बुर्लाकोटी, माधव प्रसाद लामिछाने र प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् । कोषाध्यक्षमा पनि तीन जनाबीच प्रतिस्पर्धा भएको थियो । जसमा संगीता भट्टराई निर्वाचित भएकी छन् ।

 

Ads

सम्बन्धित पोष्टहरू