Ads

क्यान इन्फोटेक-२०२५: नेपाली टेक्नाेलाेजीकाे प्रवर्द्धन गर्न ‘यात्रु एप’ पर्दशनीमा


काठमाडौँ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घको आयोजनामा काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी हलमा ३०औँ संस्करणको क्यान इन्फोटेक २०२५ जारी छ ।

कम्प्युटर सम्बन्धी सामान देखी डिजिटल मार्केटिङ सम्बन्धित १ सय ५० वटा स्टल रहेका छन्, जहाँ स्टल नम्बर D-35 मा राइड सेयरीङ एप ‘यात्रु’पर्दशनीमा राखिएकाे छ ।

नेपाली बजारमा विदेशी लगानीका राइड सेयरीङ एप छ्यापछ्यापी रहेकाे वेला, नेपाली उत्पादन र लगानीकाे प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘यात्रु’ बजार ल्याएकाे यात्रुका फ्लटर डेभलपर अविनाश उप्रेतीले जानकारी दिए ।

उनले भने: ‘यात्रु’ कम्पिलिट ट्रान्सपाेर्ट म्यानेजमेन्ट सिस्टम हाे, याे बजारमा रहेका अन्य राइड सेयरीङ एप भन्दा विल्कुल पृथक र स्मार्ट छ । यसमा राइड सेयरीङ:कार,बाइक,सिटी बस,पार्किङ,लामाे बसकाे इ-टिकेटीङ तथा बुकिङ लगाएतका फिचर्सहरू उपलव्ध छन ।

क्यान इन्फोटेकमा सर्वसाधारणका लागि टिकट शुल्क १०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ । शुक्रवार २५ माघ देखी सञ्चालक भएको मेला माघ २८ सम्म सञ्चालन हुनेछ ।

Ads

सम्बन्धित पोष्टहरू