Ads

बन्धकहरूलाई रिहा नगरिए युद्धविराम रद्द गर्नुपर्ने हमासलाई ट्रम्पको चेतावनी


काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले शनिबार दिउँसो सबै बन्धकहरूलाई फिर्ता गरेन भने गाजा भूभागमा युद्धविराम रद्द गर्नु पर्ने चेतावनी दिएका छन् ।

“यदि शनिबार दिउँसो १२ बजेसम्म गाजाका सबै बन्धकहरूलाई फिर्ता नगरिएमा, म युद्धविराम रद्द गर्न चाहन्छु,” ट्रम्पले ओभल कार्यालयमा भने । हमासले युद्धविराम उल्लङ्घनको दाबी गर्दै अर्को बन्धकको रिहाईमा ढिलाइ गरिरहेको बताएको छ ।

हमासका प्रवक्ताले सोमबार इजरायलले युद्धविराम सम्झौताको उल्लङ्घन गरेको आरोप लगाएपछि गाजा भूभागमा बन्धकहरूको अर्को योजनाबद्ध रिहाईमा ढिलाइ गर्ने बताए पछि ट्रम्पले यस्तो चेतावनी दिएका हुन् ।

Ads

सम्बन्धित पोष्टहरू