नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले ल्याएका अध्यादेशहरू पारित नहुने दाबी गरेका छन्।
मङ्गलवार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले यस्तो दाबी गरेका हुन्।
‘सरकारले अहिले जसरी सदनलाई अवमूल्यन गरेर अध्यादेश ल्यायो त्यो गलत थियो,’ अध्यक्ष प्रचण्डले भने, ‘यसलाई अस्वीकार गरेका छौँ। पारित हुन सक्ने स्थिति पनि छैन।’ राष्ट्रिय सभाले दुई तिहाइको दम्भलाई पनि धक्का दिएको दाहालले दाबी गरे।
‘माओवादीले यो अध्यादेशलाई पास हुन दिन्न। जसपाको निर्णयमा त्यसको भविष्यमा भर पर्छ,’ प्रचण्डले भने।
उनले सरकार सरकार अपारदर्शी ढङ्गले अघि बढेको आरोप लगाउँदै भ्रष्टाचारीलाई बचाउनका लागि बनेकाले त्यो कुरा सामान्य रहेको बताए। उनले भने,‘यो भ्रष्टहरूको सरकार हो । उनीहरूले गलत गरे हेरेर त बस्दैनौँ।’
प्रतिक्रिया दिनुहोस्