मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )सामूहिक कार्यमा सबैको साथ मिल्नेछ। रिसाएका मित्रहरूलाई मनाउनमा सफलता मिल्नेछ। अतिथीको आगमनले मन हर्षित हुनेछ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )कार्यक्षेत्रमा लगनशीलताले अड्केका कार्यहरू प्रारम्भ हुनेछन्। रुचिको काम नमिल्नाले मन अप्रसन्न रहला। प्रेम सम्बन्ध सुमधुर रहनेछ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )भावनामा आएर व्यापार व्यवसायमा कुनै निर्णय नलिनुहोला। कानुनी मामिलाहरूमा पक्ष मजबुत रहनेछ। पुरानो कुरालाई लिएर परिवारमा मनमुटाव हुन सक्ला।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )व्यापार व्यवसायमा हजुरले गरेको मेहनतको लाभ अरुले लिन सक्छन्। आत्मविश्वासको कमीले महत्त्वपूर्ण कार्यहरू सम्पादन हुनमा बाधा आउनेछ। आफ्नो स्वास्थ्यको ध्यान राख्नुहोस्।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )उद्योग व्यापारमा मनग्य लाभ मिल्नेछ। वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन नलाग्ला।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )नयाँ कार्य प्रारम्भ गर्दा जानकारको सल्लाह लिनुहोला। रोकिएको योजनामा पुनर्विचार गर्न सक्नुहुनेछ। यात्रा लाभदायी रहनेछ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )साहित्य र कलाको क्षेत्रमा रुचि बढ्नेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। प्रेम सम्बन्धमा प्रेमीको व्यवहारले शंका उब्जाउन सक्ला सोचविचार गरेर निर्णय लिनुहोला।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )कार्यक्षेत्रमा बौद्धिक क्षमताको प्रशंसा हुनेछ। सानो प्रयासले व्यक्तित्वमा निखार आउनेछ। अगाडि पाएको सफलताले कार्यक्षेत्रमा आत्मविश्वास बढ्नेछ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )मेहनतको परिणाम प्राप्त गर्न श्रम धेरै गर्नुपर्ला। आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा मिठो बोल्ने प्रयास गर्नुहोला नभए समस्या निम्त्याउन सक्नुहुनेछ। अरुको लागि श्रम र बुद्धि खर्च गर्नुहुनेछ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )इष्टमित्रहरूसँग रमाइलो समय बित्नेछ। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। यात्रा सुखद रहनेछ। धर्मकर्ममा रुचि बढ्नेछ। आर्थिक पक्ष सामान्य रहनेछ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )साहसिक कार्य गर्ने समय रहेको छ। कार्यक्षेत्रमा अधिकारी वर्गहरूको कुरालाई बेवास्था नगर्नुहोस्। पेट सम्बन्धी समस्याले सताउन सक्छ त्यसैले खानपानमा ध्यान दिनुहोला। सवारी साधन चलाउँदा सावधान रहनुहोला।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) सन्तानको प्रगतिलाई देखेर मन प्रसन्न रहनेछ। आर्थिक वा सामाजिक क्षेत्रमा प्रभाव बढ्नेछ। विद्यार्थीहरूको पढाइमा मन लाग्नेछ। कार्यक्षेत्रमा मित्रको सहयोग मिल्नेछ।
प्रतिक्रिया दिनुहोस्