Ads

काठमाडौं ४ मा कांग्रेसका महामन्त्री गगन थापा विजयी


काठमाडौं । काठमाडौं ४ बाट नेपाली कांग्रेसका महामन्त्री गगन थापा विजयी भएका छन् । केही बेरअघि सम्पन्न मतगणनाको परिणामअनुसार थापाले २१ हजार ३०२ मत पाएका छन् ।

एमाले उम्मेदवार राजन भट्टराईले १३ हजार ८५५ मत पाएका छन् । थापा र भट्टराईबीच मतान्तर ७४ सय ४७ छ ।निर्वाचन अधिकृतको कार्यालयले केहीबेरमै थापा विजयी भएको औपचारिक घोषणा गर्ने भएको मतदान अधिकृत शारदा पौडेलले जानकारी दिइन् ।

कांग्रेस महामन्त्री थापा तेस्रोपटक एमालेका भट्टराईलाई पराजित गर्दै प्रतिनिधिसभामा पुगेका छन् । यसपटक उनले सांसद निर्वाचित भएपछि नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनमा उठ्ने र प्रधानमन्त्रीको दाबी गर्ने घोषणा गरेका छन् । उनी एकपटक संविधानसभा सदस्यसहित चारपटक संसद् प्रवेश गरेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू