काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमाका दिनसम्म एक महिना विधिपूर्वक मनाइने स्वस्थानीको व्रत आज समापन गर्दै छ ।
वैदिक सनातन हिन्दु धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो।
नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन्।
त्यसै दिनदेखि सुरु गरिएको स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदै छ।
व्रतको अन्तिम दिन आज साँखुस्थित शालिनदी श्रद्धालुहरूको भीड लागेको छ ।
प्रतिक्रिया दिनुहोस्