Ads

बबरमहलमा फुटेको खानेपानीको पाइप करिब २० घण्टापछि मर्मत सम्पन्न


काठमाडौँ, । नेपाल बिद्युत् प्राधिकरणले बिद्युत्का तारहरू अन्डर ग्राउन्ड गर्नका लागि होरिजोन्टल ड्रिलिङ गर्ने क्रममा बुधबार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सम्पन्न भएको छ ।

थोक प्रणालीको उक्त पाइप करिब २० घण्टापछि मर्मत सम्पन्न भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल० का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए ।

उनले भने, “पाइप फुटेपछि मन्त्रीज्यूको निर्देशन पश्चात् हामीले गएरातिबाट मर्मतको कार्य सुरु गरेका थियौँ । अहिले बल्ल आएर मर्मत कार्य सकिएको र पानी परीक्षणको कार्य भइरहेकाले परीक्षण सम्पन्न हुनासाथ पानी वितरण प्रक्रिया सुरु गर्ने छौँ ।”

Ads

सम्बन्धित पोष्टहरू