मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन सहयोगीहरूले साथ दिनाले काममा सोचेजस्तै सफलता मिल्ने देखिन्छ । व्यवहारबाट नयाँ ज्ञान प्राप्त होला । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्ने योग छ । इर्ष्या गर्नेहरूले काममा अवरोध पुऱ्याउने चेष्टा गर्न सक्छन्, सावधान रहनुहोला ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आजको दिन सुखद् एवम् उदास दुवै प्रकारका परिस्थितिबाट गुज्रनुपर्ने देखिन्छ । परोपकार र धार्मिक क्षेत्रमा श्रम–शक्ति लगानी गर्नु हितकर होला । रोकिएका काम सम्पादन हुनेछन् । कसैसँग सामान्य विवाद तथा झगडा नै पनि हुनसक्ने येग छ, सजग रही व्यवहार गर्नुहोला । सवारी साधनको प्रयोगमा अपनाएको सचेतनाका कारण चोटपटकबाट जोगिनुहुनेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । कतै लामो दूरीको लाभदायी यात्रा गर्नुछ भने उचित समय छ । अधिकार तथा सफलता प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । शत्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानी गर्न सक्ने छैनन् ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समय खासै बलियो नभएपनि तपाईंका उद्यम तथा परिश्रमको राम्रै प्रतिफल प्राप्त हुनेछ । आफूभन्दा वरिष्ठ व्यक्तित्वहरूका साथमा सुमधुर सम्बन्ध रहनेछ । बन्दव्यापारबाट फाइदा पुग्नेछ । आर्थिक पक्ष सबल नै छ, तर गरगहना, कपडा वा धातुको कुनै बस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु हितकर हुनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । चुनौती र अप्ठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको सम्भावना छ र, त्यसबाट दीर्घकालिक फाइदा पुग्ने देखिन्छ । पुरानो गतिले काम बिग्रन सक्छ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): नयाँ काम र जिम्मेवारी हात पार्ने समय छ । पढाइलेखाइमा पनि राम्रै प्रगति होला । आर्थिक पक्ष सबल छ, तर स्वास्थ्यगतरूपले सामान्य समस्या देखापर्न सक्छ । परिवारमा पाहुनाको चाप बढ्न सक्छ र, तिनको आवागमनमा महत्वपूर्ण समयको नाश हुने सम्भावना छ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर मिल्नेछ । सानातिना काममै आजको समय ब्यतीत भएपनि लाभ नै मिल्ने योग छ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ, तर आजको दिन आर्थिक पक्ष सुदृढ रहने देखिन्छ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): पारिवारिक सहयोग प्राप्त हुने समय छ । दैनन्दिन कर्ममा मन रमाउला । दुर्गम स्थान वा अलिक परको यात्रा हुने सम्भावना छ, तर अनावश्यक यात्राबाट जोगिनु उचित हुनेछ । मनोरञ्जनपूर्ण समय रहेको छ, तथापि व्यवसायको चापले गर्दा प्रेमी/प्रेमिकासँग र, दाम्पत्य सम्बन्धमा पनि सामान्य चिसोपन देखिन सक्छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आजको दिन बोलीको विपरीत अर्थ लाग्न सक्छ, बोली र व्यवहारलाई नियन्त्रणमा राख्नुहोला । नचिताएको स्थानबाट धनागमनको सम्भावना छ । शरीर फूर्तिलो भएको महसुस होला । परिणाममुखी काममा लगानीको समय छ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): पारिवारिक वातावरण तपाईंको अनुकूल नरहेपनि आजको दिन शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहला । काममा पनि फाइदाको योग छ । पराक्रम बढ्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्