Ads

विकल्प प्रयोग गरेर भए पनि अध्यादेश पारित गर्छौंः शंकर पोखरेल


काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले ल्याएको अध्यादेशको विरोध गरेर पारित हुनबाट नरोकिने बताएका छन्।

शुक्रबार नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित नेपालका लागि आइसिटी आधारित उद्यमशिलताः आर्थिक समृद्धिको नयाँ बाटो विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले सरकारले ल्याएको अध्यादेश देशको अर्थतन्त्र चलायमान बनाउने र उद्योग क्षेत्रलाई प्रवर्द्धन गर्ने हिसाबले ल्याएको बताए।

उनले अध्यादेशको विरोध भयो भनेर कोशिस असफल नहुने बताए। उनले दुई प्रमुख राजनीतिक दलहरुले सचेततापूर्वक अध्यादेश ल्याएको उल्लेख गर्दै पारित गर्ने अनेक विकल्पहरु रहेको बताए।

विकल्प प्रयोग गरेर भए पनि अध्यादेशलाई राज्यको कानूनमा ढाल्ने बताए। अध्यादेश आफैँमा कानून भएको बताए। कार्यान्वयनका लागि नियमावली नरहेको कुरा आएको भन्दै नियम बनाएर गर्ने भन्ने चिजका लागि मात्रै नियमावली आवश्यक हुने बताए।

महासचिव पोखरेलले सरकारले आइसिटीबाहेक अरु कुनै क्षेत्रका लागि विदेशमा लगानी गर्ने अनुमति नदिएको बताए।

Ads

सम्बन्धित पोष्टहरू