Ads

२०८१ फाल्गुन ६ गते मंगलबार, तपाईको दैनिक राशिफल


मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन एकपछि अर्को अवसर आउनाले मन प्रशन्न रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ । व्यावसायिक काममा खर्च केही बढ्ने र अरूका काममा महत्वपूर्ण समय बित्न सक्ने योग छ । तथापि, सेवामूलक कामले प्रतिष्ठा दिलाउला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): दिन रमाइलै रहला । मनोरन्जनमा समय ब्यतीत हुने देखिन्छ । आज आयआर्जनको दृष्टिले पनि समय राम्रै छ । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यमा विशेश ध्यान राख्नु उचित हुनेछ । उद्योग र व्यापारमा फाइदा हुनेछ भने प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने योग छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): दिन शुभदायी छ । ब्यापार ब्यवसायमा बिनाप्रतिस्पर्धा लाभ होला । वित्तादि लाभ हुने देखिन्छ । पढाइलेखाइमा भने खासै समय दिन नसकिएला । सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन्, तथापि, प्रशस्त धन आर्जन गर्ने मौका जुर्ने योग छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): चुनौती वृद्धि हुनसक्ने समय छ । स्वास्थ्य केही कमजोर रहन सक्छ, जसकारण कार्यसम्पादनमा नकारात्मक असर पर्ने देखिन्छ । समयमा काम पूरा नहुनाले महत्वपूर्ण अवसर गुम्न सक्छ । आज छरछिमेकमा विवाद वा झैझगडाको योग छ, सचेत भइ संयमपूर्ण व्यवहार गर्नु हितकर होला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन काम बिग्रने डरले सताए पनि व्यापार ब्यवसायमा राम्रै फाइदा हुने देखिन्छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । अरुलाई बेसुरमा वचन दिनाले दुःख पाइनेछ, बोलीमा लगाम लगाउनु उचित हुनेछ । मानसम्मानमा ठेस पुग्नुबाट जोगिन विशेष सजगताको खाँचो छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): सजिलै काम बन्नाले उत्साह जागृत हुने दिन छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने अवसर जुर्ला । सानो प्रयत्नले ठूलो काम सम्पादन हुने योग छ । परोपकारजन्य क्रियाकलापमा मन जाला । चाहेमा मंगलमय कृत्य सम्पादन हुन सक्छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): परिवारजनको साथले नयाँ आशा पलाउनेछ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर होला । सामाजिक उत्तरदायित्व बहन गर्ने समय छ । रोकिएका काम सम्पादन हुन सक्छन् । नयाँ काम वा जिम्मेवारी हातपर्न सक्छ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन सानातिना काममै अल्झनुपर्ला । मुख्य काममा बाधा हुने देखिन्छ । भौतिक साधनको गडबडीले लक्ष्यप्राप्तिमा व्यवधान पैदा गर्न सक्छ । स्वास्थ्य पनि केही कमजोर नै रहला, ध्यान राख्नुहोला । महत्वपूर्ण योजना आज थाती राख्नु हितकर हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्ने देखिन्छ । तर, समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । सहयोगीहरूले भने आज राम्रै साथ दिनेछन् । पठनपाठन कार्यमा प्रगति हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आयआर्जनका स्रोत बढ्ने र साझेदारीमा राम्रै फाइदा हुने समय छ । लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ । आमाको माध्यमबाट काम बनाउन सकिएला । नसोचेको ठाउँबाट धन आर्जन हुने योग छ । तर असावधानीले खर्च बढाउन सक्छ । अ

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आजको दिन केही चुनौती बढ्नसक्ने देखिन्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । यात्राको प्रक्रिया अघि बढ्ने सम्भावना छ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । स्वास्थ्यगत समस्याले सताउला । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने समय छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । लेनदेनमा विवाद हुनसक्छ, सजग रहनुहोला । व्यवसायिक काममा पनि समस्या आउन सक्छ । सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर होला । पुरानो रोगले पनि सताउन सक्छ, ख्याल राख्नु उचित हुनेछ ।

 

Ads

सम्बन्धित पोष्टहरू