Ads

रोल्पामा टिप्पर दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु


काठमाडौँ, । रोल्पा-रोल्पामा बुधबार टिप्पर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ।जिल्लाको माडी गाउँपालिका वडा नं. ४ चुकबोटबाट माडी गाउँपालिका-२ घर्तिगाउँको बाटो हुँदै ब्याङखोलातर्फ जाँदै गरेको ना ८ ख ७२७६ नम्बरको टिप्पर घर्तिगाउँस्थित सहिदमार्गमा दुर्घना भएको हो ।

उक्त टिप्पर सडकबाट करिब १०० मिटर तल खस्दा निजगढ नगरपालिका-५ बाराका ३६ वर्षीय जिते कुमारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय घर्तीगाउँका प्रहरी निरीक्षक देवसिंह भण्डारीले बताएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू