Ads

२०८१ फागुन ९ गते शुक्रवार, तपाईको दैनिक राशिफल


मेष ( चुचेचोलालिलुलेलोअ )सकारात्मक सोचको साथमा कार्य प्रारम्भ गर्नुहोला। अरुको विश्वासमा कुनैपनि कार्य अधुरो नछोड्नुहोस्। आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। आफन्तहरूको साथ र सहयोग मिल्नेछ।

वृष ( इवाविवुवेवो )समाजमा प्रतिष्ठा बढ्नेछ। प्रतिष्ठित कार्य प्रारम्भ गर्ने समय रहेको छ। साझेदारी व्यापारबाट लाभ मिल्ला। आत्मविश्वासमा वृद्धि हुनेछ।

 मिथुन ( काकिकुकेकोहा )कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। प्रतियोगी परीक्षामा सफलता पाइनेछ। समाजमा अधिकार स्थापित गर्नको लागि संघर्ष गर्नुपर्ला। सन्तानको स्वास्थलाई लिएर चिन्ता रहनेछ।

 कर्कट ( हिहुहेहोडाडिडुडेडो )कार्यक्षेत्रमा नियमित दिनचर्यामा बदलाव हुनाले मन प्रसन्न रहनेछ। बच्चाहरूको साथमा मनोरञ्जनात्मक समय बित्नेछ। नयाँ प्रेम प्रसंगमा अविश्वासको भावना जागृत होला, सावधान रहनुहोस्।

सिंह ( मामिमुमेमोटाटिटुटे )पारिवारिक सद्भावनामा कमी आउनेछ। व्यापार व्यवसायमा जीवनसाथीसँग सल्लाह महत्वपूर्ण रहनेछ। सवारी साधनमा धन खर्चका योग छन्। विद्यार्थी वर्गहरूले पढाइमा लगनशीलताको कमी आउन नदिनुहोला।

 कन्या ( टोपापिपुपेपो )कार्यक्षेत्रमा समयमा कार्यसम्पादन हुनाले मन प्रसन्न रहनेछ। पुराना उपलब्धि नोकरी वा पेशामा पदोन्नतिमा सहायक हुनेछन्। समाजमा नयाँ जिम्मेवारी मिल्ला।

 तुला ( रारिरुरेरोतातितुते )राजनैतिक क्षेत्रमा नयाँ जिम्मेवारी हात पर्न सक्छ। कार्यक्षेत्रमा बोलीले कार्य सिद्ध गर्न सक्नुहुनेछ। विद्यार्थीलाई अध्ययन अध्यापनमा नयाँ कुरा सिक्ने मौका मिल्नेछ।

 वृश्चिक ( तोनानिनुनेनोयायियु )विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। कार्यक्षेत्रमा आत्मविश्वासले गर्दा अप्ठ्यारो काम पनि सजिलै सम्पादन हुनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ।

धनु ( येयोभाभिभुधाफाढाभे )व्यापार व्यवसायमा जोखिम लिदा हानी नोक्सानी हुन सक्ला। वैदेशिक रोजगारको नयाँ अवसर मिल्नेछ। आफ्नो भावनालाई नियन्त्रणमा राखेर कार्य गर्नुहोस्। स्वास्थ्यप्रति सचेत रहनुहोला।

 मकर ( भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि )समय अनुकूल हुनाले कार्य गर्नमा सहज हुनेछ। अध्ययनमा ध्यान केन्द्रित गर्नुहोस्। नयाँ उपलब्धिहरू प्राप्त गर्न सकिएला। आर्थिक पक्ष सबल रहनेछ।

 कुम्भ ( गुगेगोसासिसुसेसोदा )व्यापार व्यवसायमा आफूलाई स्थापित गर्नको लागि नयाँ सम्झौताहरू गर्नुपर्ला। आफ्नो प्रतिभालाई निखार्नमा सफल भइनेछ। इच्छाअनुसार समयको व्यवस्थापन गर्न सकिनेछ।

 मीन ( दिदुदेदोचा, चि )समय अवस्था बुझेर आफूलाई चलायमान बनाउने प्रयास गर्नुहोस्। धर्मकर्ममा रुचि बढ्नुको साथै धार्मिक यात्राका योग छन्। शैक्षिक क्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त होला।

 

Ads

सम्बन्धित पोष्टहरू