Ads

२०८१ फाल्गुन १२ गते सोमबार, तपाईको दैनिक राशिफल


मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्ने देखिन्छ । रोकिएका काम अघि बढ्नेछन् भने नयाँ जिम्मेवारी हात पर्ने योग छ । पढाइलेखाइम पनि राम्रै प्रगति होला । विशेष सभा–समारोहमा सहभागी बन्ने अवसर जुर्ला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): समय शुभदायी छ । सहयोगीहरूले काममा साथ दिनेछन् भने प्रशंसकहरू बढ्नेछन् । विगतको श्रमबाट धनलाभ हुने तथा राम्रै फाइदाको योग छ । फलदायी यात्रा हुनसक्छ । प्रतिस्पर्धा वा मुद्दा–मामिलामा विजयी भइनेछ । रसरागको भाव वृद्धि होला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा आर्जन होला । काममा मातापिताको सहयोग प्राप्त हुनाले दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । अध्ययन तथा अध्यापन कार्यमा प्रगति हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दिन केही चुनौतीयुक्त रहने देखिन्छ । ब्यस्तता बढ्नुका साथै सानातिना काम तथा घरेलु समस्यामा अल्झनुपर्ने देखिन्छ । विगतका समस्या बल्झिन सक्छन् । निरर्थक भ्रमणमा समय बित्न सक्छ । स्वास्थ्यगत समस्याले पनि केही सताउने योग छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्, तर आजको दिन विद्यामा कमजोरी र लेनदेनमा विवाद हुन सक्छ, सचेत रहनुहोला । इष्टदेवको पूजा-उपासना गर्नाले शान्ति मिल्न सक्छ । विवादमा परिने योग रहेकोले बोली र व्यवहारमा विशेष संयमता अपनाउनु हितकर होला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): दिन मिश्रित फलदायी रहला । रोकिएका काम सम्पादन हुनेछन् भने पठनपाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका जुर्ला, जसले सामाजिक प्रतिष्ठ बढाउने देखिन्छ । आजको दिन आर्थिक अभावले भने अलिक सताउनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): केही परिश्रम परे पनि काममा सफलता नै मिल्ने समय छ । आर्थिक उपार्जनमा सुधार आउला । तीर्थाटन, मंगलमय कृत्य आदि सम्पादन हुनसक्छ । भाग्योन्नतिको योग रहेकोले सहयोगीहरूले साथ दिनेछन् र नियमित कार्यमा सोचेजस्तै सफलता मिल्न सक्छ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): अलिक बाध्यताका काममा जुट्नु परेपनि दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यावसायिक यात्राको सम्भावना छ भने आम्दानी प्रशस्तै बढ्ने देखिन्छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । मान-सम्मान बढ्नेछ । प्रेमको बन्धन कसिने बेला छ । प्रतिस्पर्धी परास्त होलान् ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): विचारले धेरैलाई आकर्षण गर्ने समय छ । काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ नै मिल्ला । मान–सम्मान बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ । स्वास्थ्य सबल रहनेछ । मित्रजनको राम्रै साथ पाइएला । कर्मबल बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): धेरै श्रमपछि कममात्र प्रतिफल पाइने समय छ, तर काममा जाँगर घट्ने छैन । उठ्नुपर्ने रकम हातलागी हुने समय छ । भएको आम्दानी सञ्चय गर्न भने कठिन नै पर्ने देखिन्छ । प्रशंसकहरू बढ्नेछन्, सहयोगीहरूले काममा साथ दिनेछन् ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): सामाजिक कामको दायित्व बढ्ने र परिवारजनको भरणपोषणमा पनि खर्च बढ्ने समय छ । उत्साहमा कमी आउला । अरूको विश्वास जिते पनि आफन्तबाटै धोका हुन सक्छ, सचेत रहनुहोस् । कामको प्रतिफलका लागि अलिक प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आँटेगरेका काम पुरा भइ धनलाभ हुने समय छ । ब्यापार-व्यवसायमा गरेका प्रयासहरु सकारात्मक रहनेछन् । रमाइलो यात्रा हुन सक्छ । परिश्रम गर्दा अरुको विश्वास जित्न सकिनेछ भने अधुरा कामले मूर्तता पाउने योग छ । रसरागमा आकर्षण बढ्नेछ ।

Ads

सम्बन्धित पोष्टहरू

लमजुङमा भूकम्पको धक्का
लमजुङमा भूकम्पको धक्का
फाल्गुन १२, २०८१