महाशिवरात्रि नजिकिएसँगै नेपालका विभिन्न ठाउँका अलावा भारतबाट नागाबाबा काठमाडौं आउन थालेका छन् । आज नागाबाबाहरू जन्तीसहित काठमाडौं आएर अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिरको प्रवेशद्वार नम्बर १ बाट प्रवेश गरे ।
जोगीका चार सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र उदासीमध्ये नागा सन्न्यासीअन्तर्गत पर्छन् । महाशिवरात्रिको अवसरमा काठमाडौंस्थित विश्व सम्पदा सूचीमा समावेश भएको पशुपति मन्दिरमा चार थरीका सम्रपदायका बाबाहरू आउने गर्छन् ।
अहिले महाशिवरात्रि पर्व नजिकिएसँगै पशुपतिनाथ मन्दिर परिसरमा आवतजावत गर्ने भक्तजनहरुको संख्या वृद्धि भएको छ । पशुपति क्षेत्र विकाश कोषले महाशिवरात्रिका लागि व्यावस्थापन कार्यलाई तिव्रता दिएको छ ।
हेर्नुस् तस्वीरहरूः
तस्वीरहरूः नेपाल फोटो लाइब्रेरी ।
प्रतिक्रिया दिनुहोस्