Ads

क्रान्तिको प्रतिक झापामाथि प्रतिक्रान्तिको कलंक लाग्ने खतराः प्रचण्ड


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘जनतासँग माओवादी तराई मदेश जागरण अभियान’ को थालनी गर्न लागेका छन् ।

उनले नेपालकै होचो भूभाग केचनकवलमा नेपाली झण्डा फहराएका छन् ।

प्रतिगमनको खतराविरूद्ध खबरदारी गर्दै संविधान रक्षा गर्न जनतासँग माओवादी हुलाकी मार्गकेन्द्रित तराई–मधेस जागरण अभियान थालिएको जानकारी दिइएको छ । अध्यक्ष प्रचण्डले आज बिहान झापामा स्थानीय र कार्यकर्ताहरुसँग भेटघाट गरे।

उनले नेपाली कम्युनिष्ट आन्दोलनका अग्रज हरि अधिकारी र बेदनिधि निरौलालाई सम्मान गरेका  छन् । हिजो क्रान्तिको प्रतिक मानिने झापालाई अहिले प्रतिक्रान्तिको प्रतीक बन्ने खतराबाट जोगाउन जरूरी रहेको प्रचण्डको भनाइ छ ।

झापाको कचनकवलबाट शुरु हुने अभियान चैत ७ गते कञ्चनपुर पुगेर समाप्त हुने छ ।

Ads

सम्बन्धित पोष्टहरू