Ads

स्वास्थ्यमन्त्रीलाई तोसिमाको सुझाव– सबैका लागि अनिवार्य स्वास्थ्य बीमा गर्नुस्


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई राष्ट्रिय स्वातन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले सबैका लागि अनिवार्य स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न सुझाव दिएकी छन्।

सोमबारको संसद् बैठकको सून्य समयमा बोल्दै कार्कीले मन्त्रीले नै स्वास्थ्य विमा कार्यक्रममा बजेट अभाव भएको भनेकोप्रति दु:ख व्यक्त पनि गरिन्।

उनले २६ देखि २८ प्रतिशतले मात्र स्वास्थ्य बीमा गरेको भन्दै सबैलाई अनिवार्य बीमामा सामेल गराउन आग्रह गरिन्।

Ads

सम्बन्धित पोष्टहरू