काठमाडाैं । काठमाडौंबाट ओखलढुंगाका लागि छुटेको बस काभ्रेमा दुर्घटना भएको छ ।
धुलिखेल नगरपालिका- १० सारादा बतासेमा आज बिहान भएको उक्त दुर्घटनामा परी १७ जना घाइते भएका छन् ।
ओखलढुंगातर्फ जाँदै गरेको बागमती प्रदेश-३-०१-००५ ख ९९४२ नम्बरको बस अनियन्त्रित भई सडकको नालीमा पल्टिएको हो । उक्त बसमा २४ जना सवार थिए ।
घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये चालक र सह-चालकलाई गम्भीर चोट लागेको छ । पल्टिएको बस सडकमै रहेकाले बाटो एकतर्फी मात्र सञ्चालनमा छ ।
प्रतिक्रिया दिनुहोस्