Ads

सशस्त्र प्रहरीको इन्स्पेक्टरमा भर्ना खुला


काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालमा रिक्त रहेको साधारण समूह, कानुन उपसमूह र साधारण समूह, लेखा उपसमूहतर्फका पदहरूमा भर्ना खुला गरिएको छ ।

सशस्त्र प्रहरी बल अन्तर्गतको  मानवश्रोत निर्देशनालय, भर्ना तथा छनौट शाखा हलचोकले आज एक सूचना जारी गर्दै भर्ना खुलेको जानकारी दिएको हो ।

सशस्त्र प्रहरी निरीक्षक (कानुन उपसमूह)मा ८ जना र सशस्त्र प्रहरी निरीक्षक (लेखा उपसमूह)तर्फ २० जनाका लागि भर्ना खुला गरिएको हो । योग्यता पुगेका नेपाली नागरिकले चैत १९ गतेसम्म दरखास्त दिन सक्नेछन् ।

pp

 

Ads

सम्बन्धित पोष्टहरू