काठमाडौं, । गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण गर्ने निर्णय २०७५ सालमै भएको बताएका छन् । आइतबार राष्ट्रिय सभामा बोल्दै गृहमन्त्री रमेश लेखकले यस्तो बताएका हुन् ।
‘केबलकार निर्माणका लागि वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने र सोमा रहेका रुख बिरुवा हटाउन स्वीकृति दिने गरी मिति २०७५ पुस १६ गते निर्णय भएको हो,’ उनले भने ।
अर्थात् पहिलेदेखि नै यसको निर्माण कार्य अगाडि बढेको उनले बताए ।
निर्माणधीन केबलकारको सुरक्षार्थ तत्कालको लागि बटम स्टेशनमा सशस्त्र प्रहरी बलको बेस क्याम्प स्थापना गर्ने सन्दर्भमा नेपाल प्रहरीसँगको सहकार्यमा परिचालन हुने गरी सुरक्षा व्यवस्थापन मिलाउने निर्णय २०८० साल माघ २ गते भएको उनले बताए । यो निर्णय तत्कालीन गृहमन्त्रीस्तरको निर्णय रहेको उनले जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्